सडक विभागले कोटेश्वर र बानेश्वर चोकमा आकाशेपुल बनाउँदै


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
सडक विभागले कोटेश्वर र बानेश्वर चोकमा आकाशेपुल बनाउँदै

काठमाडाैं । राजधानीकै प्रमुख एवं अतिव्यस्त मदन भण्डारी मार्गअन्तर्गत बानेश्वर र चक्रपथअन्तर्गत कोटेश्वर चोकमा सडक विभागले आकाशेपुल बनाउन लागेको छ । 

काठमाडाैंकै अतिव्यस्त मध्येका यी दुई चोकमा सामान्य जेब्राक्रसका भरमा दैनिक लाखाैं नागरिकले सडक सतहबाटै बाटो काट्नुपर्ने र यातायात व्यवस्थापनमा ट्राफिक प्रहरीले सास्ती खेप्नुपर्ने अवस्था छ । ट्राफिक व्यवस्थापनमा समेत निकै समस्या बढेपनि विभागले ६ महिनाभित्रै तयार गर्नेगरि आकाशेपुल निर्माण गर्न लागेको हो । 

अस्थायी प्रकृतिको पोर्टेबल पुल जडान गरिने विभागले जानकारी दिएको छ । यी दुबै चोकमा सरकारले यसअघि नै अण्डरपास बनाउने योजना बनाइसकेको छ । 

डिभिजन सडक कार्यालय काठमाडाैंले पूल जडान गर्ने ठेकेदार कम्पनी समेत चयन गरिसकेको छ । अब १५ दिनभित्रै ठेक्का सम्झाैता हुने र त्यसपछिको ६ महिनाभित्र पुल् निर्माण गरिसक्ने विभागले दाबी गरेको छ ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..