जग्गा विवादमा घेरा हाली गरे आक्रमण, १३४ जनाको हत्या


नेपाल पाना प्रकाशित: २०७५-१२-११ गते
जग्गा विवादमा घेरा हाली गरे आक्रमण, १३४ जनाको हत्या

काठमाडौं । मध्य मालीको मोप्ती क्षेत्रमा रहेको अगोसागा जग्गा तथा सिँचाइबारे भएको विवादपछिको आक्रमणका कारण कम्तीमा १३४ जनाको मृत्यु भएको छ ।

अनुगमनका लागि पुगेको संयुक्त राष्ट्रसंघको टोलीले सो कुराको जानकारी गराएको छ । शनिबार बिहान गाउँ घेरा हाली गरिएको आक्रमणका कारण ठूलो संख्यामा सामुहिक हत्या भएको एक स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

आक्रमणकारीले स्थानीय अगोसागा पेउल गाउँका अधिकांश घर तथा टहरामा आगजनी गरेको बताइएको छ । ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा मालीको एउटा ग्रामीण बस्तीलाई घेरा हाली एक बन्दूकधारी समूहले गरेको आक्रमणबाट महिला तथा बालबालिकासहित कम्तिमा १३४ जनाको हत्या गरिएको घटनाको घोर भत्र्सना गरेका छन्,’ राष्ट्रसंघ प्रमुख गुटेर्रेसका सह–प्रवक्ता फारहन हकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गाँउलाई बन्दुकधारी ठूलो समूहले घेरा हाली गरेको आक्रमणमा कम्तिमा ५५ जना घाइते भएका थिए । घाइतेमध्ये कैयौंको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

‘महासचिवले सो घटनाको भत्र्सना गर्दै घटनाको तत्काल अनुसन्धान गरी उक्त जघन्य आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन मालीका अधिकारीलाई आग्रह गरेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उनले मृतकका परिवार तथा आफन्तजन, मालीका जनता तथा सरकारप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्य लाभको कामना गगरिएको छ ।’ त्यस्तै, राष्ट्रसंघ प्रमुखले मालीका अधिकारीलाई मध्यमालीमा शान्ति तथा स्थायित्व ल्याउने प्रयासलाई दोब्बर गरेर अघि बढ्न आग्रहसमेत गरेको गरेको छ ।







सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार
सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि ८६ जनालाई बोलाएको छ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकालाई बुधबार अख्तियारले एक स..

सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 
एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 

काठमाडौँ ।  एसईईको परीक्षाको प्रतीफल भोलिसम्ममा सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।   परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने  ‘एसईईको नतिजा आज सम्..