लागूऔषध ओसारपसारमा प्रयोग गरिएको अटो–टेम्पोसहित ४ जना पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१२-११ गते
लागूऔषध ओसारपसारमा प्रयोग गरिएको अटो–टेम्पोसहित ४ जना पक्राउ

धनकुटा । प्रहरीले अटो–टेम्पोसहित धनकुटाको डाँडाबजारबाट ४ जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध ओसारपसारमा प्रयोग गरिएको अटो–टेम्पो नियन्त्रणमा लिएको हो । 

आइतवार बेलुका प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरानतर्फ जाँदै गरेको को२ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने क्रममा टेम्पोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ४ किलो लागूऔषध गाँजा फेला परेको थियो ।

गाँजा फेला परेसँगै टेम्पोमा सवार व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा चालकसहित ४ जनाको नै संग्लग्नता रहेको खुल्न आएपछि टेम्पो चालक धरान उपमहानगरपालिका–११ का २० वर्षीय संजय लिम्बू, मोरङको बुढीगंगा गाउँपालिका–६ का १९ वर्षीय सोनु लिम्बू, २२ वर्षीय टंक लिम्बू र बुढीगंगा गाउँपालिका–५ का २० वर्षीय सोहन चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..