मौसम बदलीसँगै वर्षाको सम्भावना, कहाँको मौसम कस्तो?


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
मौसम बदलीसँगै वर्षाको सम्भावना, कहाँको मौसम कस्तो?

काठमाडौँ - पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । 

उनका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भोलि मङ्गलबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यस्तै बुधबार देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी भेगका केही स्थानमा र हिमाली भेगका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री सेल्सियस र अधिकमत तापक्रम २७ दशमलव ८ सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । 


प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..

आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..