कैलालीमा प्रहरी जवानको मृत्यु


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
कैलालीमा प्रहरी जवानको मृत्यु

राँझा - मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए। 

कैलालीबाट दाङतर्फ जाँदै गरेको रा ३ प २५४६ नं को मोटरसाइकल आज बिहान पूर्व–पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकास्थित शम्शेरगञ्ज नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको उनले बताए । 

दाङमा कार्यरत प्रहरी जवान चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..