'राज्य चूप लागेर बस्न मिल्दैन'


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
'राज्य चूप लागेर बस्न मिल्दैन'

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा(का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताएका छन्। पत्रकारसँगको भेटघाटमा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री नेपालले भने, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।” नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा आज यहाँ आइपुगेका हुन्। 

डा सिके राउतको समूहलाई विखण्डनको बाटाबाट मूलधारमा ल्याउनु राम्रो भएको उनले बताए । सरकार सञ्चालनका बारे पत्रकारको जिज्ञासामा उनले सरकार र पार्टी सञ्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा जोड दिए । उनले थपे, “असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ ।” नेता नेपालले कुनै विषयमा आलोचना भएका खण्डमा वा केही प्रष्ट गर्नुपर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्ने बताए । 

“नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो जहाँ व्यक्तिविशेष सर्वेसर्वा हुँदैन”, नेकपा सचिवालय सदस्य नेपालको भनाइ थियो । 


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..