‘यात्रा’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-१२-११ गते
‘यात्रा’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर । नायकद्वय सलिनमान बानियाँ र सलोन बस्नेतको मुख्य अभिनय रहेको चलचित्र ‘यात्रा’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको ट्रेलर सोमबार युटुबमा सार्वजनिक भएको हो ।

यस फिल्ममा ‘ए मेरो हजुर २’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका सलिनमानलाई नायकको रुपमा र अर्का नायक सलोनलाई खलनायकको रुपमा देखाइएको छ । केशव भट्टराई र सुशील पोखरेलले संयुक्त निर्माणमा निर्माण गरेको यस फिल्म सम्राट शाक्यको निर्देशनमा बनेको हो ।

सम्राटले यसै चलचित्रमार्फत् निर्देशनमा डेब्यू गरेका हुन् । यस फिल्ममा धिरेन शाक्य, राजाराम पौडेल, मल्लिका महत एवं विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।


‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)
‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक..

‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..

‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ ।  समाजमा घ..