आज शेयर बजारमा सामान्य अङ्कले सुधार


नेपाल पाना प्रकाशित: २०७५-१२-११ गते
आज शेयर बजारमा सामान्य अङ्कले सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार सोमबार सामान्य अङ्कले वृद्धि भएको छ । आज कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता शेयर २४ करोड २६ लाख ५९ हजार ५१५ मूल्यमा खरीद बिक्री भएका छन् ।

कारोवार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर भने घटेको छ । छ वटा उपसमूहको शेयर भने बढेको छ । जलविद्युत् १.७६, वित्त २.१४, उत्पादन २३.७९ र अन्य उपसमूह ३.९७ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४.७३, होटल ८.५४, विकास बैंक १०.२५, निर्जीवन बीमा ४२.७५, लघुवित्त ५.८७ र जीवन बीमा ५०.३ विन्दुले बढेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८६ प्रतिशतले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स ३.२५, रिडी हाइड्रो पावर ३.२३, आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२२ प्रतिशतले कमाएका छन् ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले दश प्रतिशतले गुमाएका छन् । यस्तै शिवम् सिमेन्ट ९.८०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९२, ग्लोबल आइएमइ समुन्नत स्किम एकका शेयरधनीले ३.८९ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर दुई करोड आठ लाख, नागरिक लगानी कोष एक करोड १२ लाख २९ हजार ८२, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु ८८ लाख ६४ हजार ४९८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ८४ लाख ३६ हजार २५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ८२ लाख ८२ हजार ७५६ कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।







सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन ६५ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छ । त..

कुवेती दिनार र कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस विनिमयदर 
कुवेती दिनार र कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस विनिमयदर 

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ..

साताको तेस्रो दिन सेयर बजार केही सुधार
साताको तेस्रो दिन सेयर बजार केही सुधार

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनोे सुधार आएको छ । आज नेप्से ०.९६ अंकले वृद्धि भई १२६१.०७ अंकमा पुगेको हो । सेन्सेटिभ इ..

सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो
सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो

काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समित..