विप्लवका चार नेता पक्राउ


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
विप्लवका चार नेता पक्राउ

रुकुम । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका चार जना जिल्ला स्तरीय नेता पक्राउ परेका छन्। पार्टीका जिल्ला सदस्य मदन केसी सहित अन्य तीन जनालाई पक्राउ गरेको सल्यान प्रहरीले जानकारी दिएको छ। विभिन्न समयमा गरेर अहिले विप्लब नेकपाका चार जना जिल्ला स्तरीय नेताहरु प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष भिमबहादुर ओली, सचिव गणेश आरसी र युवा संगठनका जिल्ला सचिव खुमलाल केसीलाई पक्राउ गरिएको छ। विभिन्न आरोपमा उनीहरुलाई फरक फरक दिन पक्राउ गरिएको डिएसपी शाहीले बताए।

पक्राउ परेकाहरु विरुद्ध सार्वाजनिक मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए। पार्टीमा आस्था भएकै कारण नेताहरुलाई पक्राउ गर्नु गैरकानुनी भएको भन्दै नेकपा सल्यानले आपत्ति जनाएको छ। अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ती मार्फत पक्राउ परेका नेताहरुलाई विना सर्त रिहाइको माग गरेको छ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..