निर्वाचन आयोगमा थपलिया सिफारिस


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
निर्वाचन आयोगमा थपलिया सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ। सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ । यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त भएका थिए । 

निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन् । हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन्। परिषद्को आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको परिषद्का सदस्य राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ । परिषद्का सदस्य एवं प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक भएकाले परिषद् बैठकमा उपस्थित हुन नसक्ने भनी कारणसहितको लिखित पत्र पठाउनुभएको अध्यक्ष तिमिल्सिनाले बताए। 







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..