विभेदविरुद्ध लडिरहने चेतावनी


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
विभेदविरुद्ध लडिरहने चेतावनी

काठमाडौँ । गोरखा भूतपूर्व सैनिक सङ्घले बेलायती सेना र गोरखा भूपू सैनिकबीच हुँदै आएको विभेद अन्त्य नभएसम्म आफूहरुको सङ्घर्ष अन्त्य नहुने जनाएको छ । सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सन् १९९७ जुलाई १ अघि सेवा निवृत्त गोरखा भूतपूर्वसैनिकमाथिको तलब, निवृत्तिभरण र अन्य सुविधा बेलायती सैनिकलाई सरह बराबरी नदिएको गुनासो गरेको हो । 

सङ्घका अध्यक्ष कृष्णकुमार राईले हालै बेलायती रक्षा राज्यमन्त्रीको नेपाल भ्रमणपछि गोरखा भूपूसैनिकका लागि गरेको प्याकेज घोषणाबाट आफूहरु सन्तुष्ट नभएको बताउँदै सबैखालका सेवासुविधा बेलायती सैनिकसरह उपलब्ध हुनुपर्ने माग गरे । उनले गोरा सेना र गोरखा सैनिकबीच पेन्सनमा मात्रै २९५ प्रतिशत विभेद रहेको बताउँदै यसको समस्या समाधानका लागि नेपाल सरकार र बेलायत सरकारले पहल गर्नुपर्ने बताए।

सङ्घका उपसभापति मणि किराँत वान्तवाले पेन्सनको माग मात्र पूरा गरे पनि आफूहरुको मागको ९५ प्रतिशत माग सम्बोधन भएको ठहरिने बताउँदै बेलायत सरकारले विभेद नहटाएसम्म आफूहरुको आन्दोलन स्थगित नहने बताए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य राजेन्द्र राईले गोरखा भूतपूर्वसैनिकको समस्या समाधानका लागि सहयोग गर्न सांसदले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बताए। 

अवकाश प्राप्त पूर्वगोरखा सैनिक डा चन्द्र लक्सवाले गोरखा सैनिकबीचको सेवासुविधामा विभेदविरुद्ध आफूहरुले लामो समयदेखि आन्दोलन गर्दै आएको बताउँदै यसलाई सम्बोधन भएन भने आफूहरुले थप आन्दोलन गर्ने बताए । 







युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..

आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ
आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न २ जना पक्राउ परेको छ ।  नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्व..