दश लाख कार्डकाे खरीद प्रक्रिया अघि बढ्यो


प्रकाशित: २०७५-१२-११ गते
दश लाख कार्डकाे खरीद प्रक्रिया अघि बढ्यो

काठमाडौँ । चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले दश लाख कार्ड खरीद गर्ने प्रक्रिया अगाडि बढाएको छ । विभागले ‘मास प्रिन्टर’ सँगै कार्ड खरीद प्रक्रिया अघि बढाएको हो । ‘मास प्रिन्टर’ को क्षमता साधरण उपकरणको भन्दा धेरै गुणा बढी भएकाले एकै पटक धेरै कार्ड छाप्न लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । 

कार्ड छपाइका लागि ठेक्का आह्वान भइसकेको उनले बताए। कार्ड र मास प्रिन्टर खरीद गरेपछि सेवाग्राहीले समयमा नै चालक अनुमतिपत्र पाउन सक्नेछन् । उनले भने, “मास प्रिन्टरले एक दिनमा आठ हजारसम्म कार्ड छाप्न सक्ने भएकाले खरीद गर्न लागिएको हो ।” 

संविधानले यातायातको जिम्मेवारी प्रदेश सरकारलाई दिए पनि चालक अनुमतिपत्रको छपाइ विभागले नै गर्दै आएको छ । अहिले नै प्रदेश सरकारले ‘प्रिन्टर’ खरीद गरेर चालक अनुमतिपत्र छाप्ने अवस्था नरहेकाले विभागले नै छपाइ गर्ने प्रवक्ता उपाध्यायले बताए। उनले भने, “प्रदेश सरकारले आफैँले प्रिन्टर किनेर अनुमतिपत्र छाप्न अझै केही वर्ष लाग्न सक्छ, त्यतिबेलासम्म विभागले नै छपाइ गर्छ ।” 

देशभरका यातायात व्यवस्था कार्यालयबाट नयाँ चालक अनुमतिपत्र र नवीकरण गरेर झण्डै चार लाख ५० हजार सेवाग्राहीको चालक अनुमतिपत्र छाप्न बाँकी छ । अहिले सञ्चालनमा रहेको मुद्रण यन्त्रको क्षमता दैनिक तीन हजार रहेको विभागले बताएको छ । 
 







युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..

आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ
आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न २ जना पक्राउ परेको छ ।  नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्व..