अति गरिबलाई ७२ हजार दिने घोषणा


एजेन्सी प्रकाशित: २०७५-१२-११ गते
अति गरिबलाई ७२ हजार दिने घोषणा

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन्। 

न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए ।  सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिए । गरिबीमा रहेकाहरुलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने अध्यक्ष गान्धीले बताए । 

“गत पाँच बर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए, विषेशगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौँ,” उनले भने । अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी पनि गरे। 

“अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम आयका लागि काँग्रेसले सुनिश्चत गर्दछ, बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौँ,” उनले भने। अहिले घोषणा गरेको योजनाका बारेमा अध्यक्ष गान्धीले झण्डै एक महिना अगाडि आयोजित एक चुनावी सभामा पनि चर्चा गरेका थिए। यस योजनाबाट झण्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने काँग्रेस नेताहरुले बताएका छन् । 







प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु
प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु

काठमाडौं । भारत झारखण्डको सरायकेला खरसांवामा नक्सलवादीको आक्रमणबाट पाँचजना प्रहरीको मृत्यु भएको छ।  शुक्रबार राति नक्सलवादीले आक्रमण गरेको र त्यसमा दुई सब इन्स्पेक्टर..

भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 
भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 

बीबीसी । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् । आक्रमणबाट पाँच प्रहरीको मृत्य..

इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'
इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वका राष्ट्रप्रमुखकै अगाडी कुटनीतिक मर्यादा तोडेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन किर्गिजस्तान पुगेका..

पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...
पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...

काठमाडौं । महिला सांसद फातुमा गेडीमाथि थप्पड प्रहार गर्ने पुरुष सांसद राशिद कासिम गिरफ्तारमा परेका छन् ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, यो घटना केन्याको..