दुई तिहाईको दम्भमा मन्त्रीको यस्तो उधम, स्थानीयमाथि प्रहरी प्रशासनको दबदबा


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
दुई तिहाईको दम्भमा मन्त्रीको यस्तो उधम, स्थानीयमाथि प्रहरी प्रशासनको दबदबा

काठमाडाै । पछिल्लो समय देशैभर कानून विपरीत अधिकांसले राजनीतिक शाक्तिको आडमा दिर्घकालीन असर पर्ने प्राकृतिक प्रकोपलाई बढावा दिने गरी क्रसर उद्योग संचालन गरिरहेका छन्। चार वर्षअघि भेरी नदीमा आएको बाढीले बराहताल–२ स्थित थापाडेरामा मनाविय क्षतिको साथै ठूलो भौतिक क्षतिसमेत भयो। ५० भन्दाबढी स्थानीयको घर–खेतमा क्षति पुग्नुका साथै १० जनाले अकालमै ज्यान पनि गुमाए।

खेतीयोग्य जमिन बगरमा परिणत भयो। भेरीको भेलले विस्थापित भएकाहरु कर्णाली राजमार्ग छेउको गिरीघाटमा कष्टकर जीवन विताइरहेका छन्। विस्थापितहरुको थातथलोमा भने बालुवा र ढुंगा तस्कारहरुले राजनीतिक शाक्तिको आडमा प्रहरी प्रशासनलाई समेत आफ्नो प्रभावमा पारी राज गरिरहेका छन्। भेरी नदी किनारमै दुई वर्षदेखि क्रसर उद्योग सञ्चालन छ। मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगमा सञ्चालक हुन्, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्री। स्थानीयहरुले थापाडेरामा भइरहेको अवैध उत्खनन् र क्रसर उद्योग सञ्चालन रोक्न स्थानीय सरकार र प्रशासनसँग पटक–पटक माग गरेपनि सुनवाइ नभएको अवस्था छ।

‘मन्त्रीकै संलग्नतामा भेरी नदीको दोहन भइरहेको छ’, नाम नखुलाउने शर्ता स्थानीय भन्छन्, ‘स्थानीय तह र प्रहरीसँग सहयोग माग्दा उल्टै धम्की आउँछ।’ डिभिजन सडक कार्यालय सुर्खेतको पत्रका आधारमा घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतले अघिल्लो वर्ष मंसिरमा महालक्ष्मीरकिराँतेश्वररप्रदीप जेभीलाई थापाडेरामा अस्थायी क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिएको थियो। मन्त्री खत्रीले प्रदीप कन्ट्रक्सनको नाम परिवर्तन गरेर केएसके कन्ट्रक्सन राखेका छन्।

मन्त्री खत्रीका व्यवसायिक साझेदार सूर्य रावत क्रसर उद्योग सञ्चालनका लागि आउने असार मसान्तसम्मको म्याद रहेको बताउँछन्। ‘हामीले विमानस्थल चोकदेखि इन्जिनियरिङ संकाय र देउतीबज्यैदेखि अमृतडाँडासम्म सडक निर्माण गरिरहेका छौं, त्यसैका लागि थापाडेरामा क्रसर उद्योग सञ्चालन गरेका हौं’, उनले भने, ‘अझै चार महिनासम्म हामी क्रसर उद्योग सञ्चालन गर्न पाउँछौं।’ उनले वीरेन्द्रनगरमा निर्माण सामग्रीहरु संकलन गरिए पनि विक्री नगरिएको  दावी गरे।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..