डिएसपी जिसी अदालतमा उपस्थित


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
डिएसपी जिसी अदालतमा उपस्थित

भीमदत्तनगर  । कञ्चनपुरको भमदत्तनगरपालिका–२ की बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्ध कसूर र यातनाविरुद्ध कसुर मुद्दामा प्रहरीको केन्द्रीय ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी आज अदालतमा उपस्थित भएका छन् । 

जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिसीको बयान आजदेखि शुरु भएको स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो । बयान सकिएपछि थुनचेक बहस हुनेछ । यसअघि गत मङ्गलबार अदालतमा उपस्थित भएका पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्ट दुवै मुद्दामा गरी रु १० लाख ५० हजार धरौटी बुझाएर आइतबार रिहा भएका थिए । 

उक्त प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्कले यातनाविरुद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए । अदालतले गत फागुन २६ गते उपस्थित हुन विष्ट र जिसीलाई ३५ दिने सूचना जारी गरेको थियो ।  
––– 







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..