जापानमा यी १४ क्षेत्रमा नेपाली कामदार जान पाउँछन्, एन-४ काे भाषा परीक्ष पास गर्नुपर्ने


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
जापानमा यी १४ क्षेत्रमा नेपाली कामदार जान पाउँछन्, एन-४ काे भाषा परीक्ष पास गर्नुपर्ने

काठमाडौं । नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे।

समझदारी अनुसार सन् २०१९ को अप्रिल १ देखि जापानले १४ वटा कार्यक्षेत्रहरु, कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिनेछ।

रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन्। 

जापानी भाषामा एन–४ तह उत्तीर्ण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो। दुई महिनाअघि जापानको मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ।  

१४ क्षेत्रमा श्रमिक लिने सहमति भए पनि नेपाली श्रमिकको माग कति हुने भन्ने विषय भने बाँकी नै छ। जापानमा ‘स्पेसिफाइड स्किल्ड वर्कर’ (एसएसडव्लु) अन्तर्गत पहिलो वर्ग र तेस्रो वर्ग का श्रमिकहरु लिने सहमतिमा उल्लेख छ। पहिलो वर्गका श्रमिकहरुका लागि सीप वा सम्वन्धित कार्य क्षेत्रमा अनुभव आवश्यक पर्ने र त्यस्ता श्रमिकहरु बढीमा पाँच वर्षसम्म जापानमा रहन सक्ने छन्। दोस्रो वर्गका श्रमिकहरुका लागि उच्च तहको सीप आवश्यक पर्ने र त्यस्ता श्रमिकहरुको कार्यअवधि थप गर्न सकिने प्रावधान छ। दोस्रो वर्गका श्रमिकहरुले परिवारका सदस्यलाई समेत जापान लैजान सक्ने छन्।  

समझदारी पत्र अनुसार जापानी कानून बमोजिम नेपाली श्रमिकहरुले रोजगारीका सेवा, सुविधा एमं शर्तहरुमा जापानी नागरिक सरह समान व्यवहार प्राप्त गर्ने छन्।

नेपाली श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक जापानी नागरिकले सोही कामको लागि प्राप्त गर्ने पारिश्रमिक सरह वा सो भन्दा बढी हुने जनाइएको छ। कामदारलाई सहायता योजना अन्तर्गत जापानमा दैनिक जीवनयापन सम्वन्धी अभिमुखीकरण, दैनिक रुपमा प्रयोग हुने भाषा सिक्नका लागि सहायताका अतिरिक्त श्रमिकको बसाइ र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा र काम परिवर्तनका सन्दर्भमा सल्लाह एवं गुनासो व्यवस्थापनका विषयहसमेत समेटिएको छ।श्रमिकले आफु गएको सम्वन्धित कार्यक्षेत्रमा रोजगार परिवर्तन गर्न पाउने सुविधा समेत राखिएको छ। यसको लागि सार्वजनिक रोजगार सेवा केन्द्रले सहयोग गर्ने व्यवस्था गरिएको छ।


सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप
सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप

सिमरा । इलाका प्रहरी कार्यालय बोदे वरसाइनका विरुद्ध नाराजुलुस गर्दै सप्तरीका व्यवसायी आन्दोलनमा उत्रेका छन् । प्रहरीले दुःख दिएको भन्दै व्यवसायीले आइतबार जिल्ला बन्दको आवहा..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना
आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना

काठमाडौं । रोकिएको मनसुन फेरि सक्रिय हुन थालेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको छ ।  विशेषगरी काठमाडौं..

‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..