विस्फोटक पदार्थ भारतको सिलगुडी हुँदै नेपालमा आउने गरेको खुलासा, मन्त्रीले दिए पैसा


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
विस्फोटक पदार्थ भारतको सिलगुडी हुँदै नेपालमा आउने गरेको खुलासा, मन्त्रीले दिए पैसा

झापा ।  विस्फोटक पदार्थ  भारतको सिलगुडी हुँदै नेपालमा आउने गरेको खुलासा भएको छ। भारतबाट विस्फोटक पदार्थ नेपाल ल्याउँदै गरेको अवस्थामा एक नेपाली युवा पक्राउ परेपछि खुलासा भएको हो। पक्राउ पर्नेमा म्यादीको मालिका गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय चिरन रोक्का रहेका छन् ।

भारतीय एसएसबीले पश्चिम बंगालको पानीट्यांकी नाकाबाट उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ बारुदजन्य विस्फोटक पदार्थ लैजान लागेको अवस्थामा रोक्कालाई विशेष सूचनाको आधारमा सीमामा तैनाथ भारतीय एसएसबी ४१ बटालियन टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

एसएसबीले रोक्का साथबाट नियोगेल ९० (एक्सप्लोसिव क्लास टु) र ३५५ नम्बर इलेक्ट्रोनिक्स डेटोनेटर बरामद गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छन्.

घटना विवरण अनुसार विगत सात वर्षदेखि आसाम सिलंगको कोइला खानीमा काम गर्दै आइरहेका रोक्का गत चैत ५ गते नेपालबाट भारत गएका थिए ।सिलगुडी हुँदै सिलंग पुगेका रोक्काले त्यहाँ गएर मेघालय निवासी मन्त्री भन्ने व्यक्तिबाट सात हजार पाँच भारतीय रुपैयाँमा उक्त विस्फोटक पदार्थ खरिद गरेका थिए ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..