कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले अख्तियारलाई नै टेरेन


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले अख्तियारलाई नै टेरेन

काठमाडौँ । कर्णाली प्रदेश सरकारका मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अटेर गरेका छन् । कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन खर्चमा अनियमितता भएको भन्दै अख्यितयारको प्रदेश सरकार र मन्त्रालयलाई खर्चको विवरण बुझाउन पत्र काटेको थियो ।

तर, अख्तियारले दिएको समयसीमा घर्कदासम्म मन्त्रालयले खर्च विवरण बुझाएका छैनन् । प्रदेश सरकारले वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उद्घाटन गरेको थियो ।

उद्घाटन खर्चमा अनियमितता भएको भन्दै प्रदेशसभा र संसदीय समितिमा प्रश्न उठेपछि अख्तियारको सुर्खेतस्थित कार्यालयले अनुसन्धान थालेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।







दलित हिँड्ने बाटोमा किन ठड्याईयो पर्खाल ? 
दलित हिँड्ने बाटोमा किन ठड्याईयो पर्खाल ? 

सिरहा । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन ।..

धनको लोभमा विदेशी बृद्धसँग बिहे गर्दै नेपाली युवती
धनको लोभमा विदेशी बृद्धसँग बिहे गर्दै नेपाली युवती

काठमाडौं ।  नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेद..

यसरी लुटिँदैछ जनताको कर, सडक नै नभएको ठाउँमा ८ करोडको पुल
यसरी लुटिँदैछ जनताको कर, सडक नै नभएको ठाउँमा ८ करोडको पुल

काठमाडौं । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्र्याकसमेत..

सरकार अलोकतान्त्रिक बन्दै गएपछि चौतर्फी आन्दोलन शुरु 
सरकार अलोकतान्त्रिक बन्दै गएपछि चौतर्फी आन्दोलन शुरु 

काठमाडौं । सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ । दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्द..