चितवनकाे घोप्टेभीरबाट त्रिशूलीमा बस खस्यो, ३ जना घाइते


रासस प्रकाशित: २०७५-१२-१२ गते
चितवनकाे घोप्टेभीरबाट त्रिशूलीमा बस खस्यो, ३ जना घाइते

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा ३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको हो। राति १० बजे मुग्लिनबाट कुरिनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो।

घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अन्य दुईको अवस्था सामान्य रहेको छ। उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ। बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..