हेलिकोप्टरबाट निकालिएको सिट फेरि राख्न चलखेल


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
हेलिकोप्टरबाट निकालिएको सिट फेरि राख्न चलखेल

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन् ।

गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले उक्त संख्यामा यात्रु बोक्नु पनि दुर्घटनाको कारण हुन सक्ने भन्दै एउटा सिट हटाउने निर्णय गरेको थियो । 

हेलिकोप्टर सोसाइटीका प्रतिनिधिसहितको बैठकले गरको उक्त निर्णयको व्यवसायीले स्वागत गर्दै सिट हटाएका थिए। निर्णयअनुसार नेपालमा रहेका पाइलटबाहेक ६ सिट भएका एएस ३५० बी३ई ९एच १२५० हेलिकोप्टरबाट एउटा सिट घटाएर पाँच बनाइयो।

त्यस्ता हेलिकोप्टर हेली एभरेस्ट, मनाङ एयर, माउन्टेन हेलिकोप्टर, फिस्टेल, श्री, कैलाश र अल्टिच्युट एयरसँग गरी नौवटा छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।







बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले
बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले

बीमाबाट भुक्तानी लिईसकेपछि पनि राज्यकोष लुड्याउने मेयर शिवाकोटी (कालोघेरामा) काठमाडौं । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति..

परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने
परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने

काठमाडौं । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने भएको छ।  वैदेशिक रोजगारका क्रममा..

न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै
न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै

काठमाडौं । सर्वोच्च अदालतले जारी गरेको ‘अनौठो’ अन्तरिम आदेशका कारण गत वर्ष नै अवकाश पाउनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेका छन्।..

भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प
भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प

लमजुङ । लमजुङ–मनाङ सिमानामा पर्ने म्यार्दी खोलाको पुल बगेपछि मनाङ सडक अवरुद्ध भएको छ ।  म्यार्दी पुल पहिरोले आइतबार बगाएको हो । पुलबगेपछि लमजुङ–मनाङ चल्ने..