जनमतको सत्यानाश : खरिद प्रकृया र तोकआदेश समेत बुझ्दैनन जनप्रतिनीधि


रासस प्रकाशित: २०७५-१२-१२ गते
जनमतको सत्यानाश : खरिद प्रकृया र तोकआदेश समेत बुझ्दैनन जनप्रतिनीधि

जनकपुरधाम । प्रदेश २ को स्थानीय तहमा न्यायिक कार्यसम्पादन, सार्वजिनक खरीद प्रक्रिया, पदाधिकारीको जिम्मेवारी बाँडफाँड, सूचना प्रवाह र विकास कार्यमा नागरिक संलग्नताका विषयमा अन्योल देखिएको छ।

सेन्टर फर मिडिया फ्रिडमद्वारा सोमबार यहाँ आयोजित छलफल कार्यक्रममा स्थानीय तहका पदाधिकारीले सेवा प्रवाहमा अन्योल विद्यमान रहेको खुलासा गरेका हुन्। बुझाइको समस्याका कारण विवाद र अन्तरविरोध उत्पन्न भई विधि र प्रक्रियाको जटिलता बढ्दै गएको उनीहरूको भनाइ थियो।

मिडिया फ्रिडमद्वारा जनकपुरधाम उपमहानगरपालिका, पिपरा गाउँपालिका, बाग्मती नगरपालिका, बर्दिवास नगरपालिका, मिर्चैया नगरपालिका र जनकनन्दनी गाउँपालिकामा गरिएको अध्ययन, अन्तरक्रियाबाट पनि स्थानीय तहमा ज्ञान, सीपको अभावले अपारदर्शिता र विधिविपरीत कार्य गर्ने अवस्थाले गम्भीर सङ्कट निम्त्याउने सङ्केत गरेको छ। 

अध्ययन प्रतिवेदनमा सार्वजनिक खरिद प्रक्रिया र तोकआदेश विधिसम्मत नपाइएका कारण आगामी दिनमा जनप्रतिनिधि कानुनको दोषी ठहर हुन सक्नेतर्फ फोरमले सजग गराएको छ। प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले प्रक्रिया थाहा नपाएर भुक्तानी र खरिद विधिविपरीत हुन सक्ने प्रसङ्ग उल्लेख गर्दै रित पुर्‍याएर कार्य गर्न आग्रह गरे।

एकापसमा समन्वय गरी कार्य गरेमा जनतालाई सेवा सुलभ किसिमले उपलब्ध र कानुनी भय पनि अन्त्य हुन सक्ने उनको धारणा थियो। जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता मिश्रले प्रक्रिया थाहा नपाएका कारण आफूले तोक आदेश गर्दा गल्ती गरेको स्वीकार गर्दै कानुनीरुपमा दोषी ठहर हुने हो कि भन्ने चिन्ताले ग्रसित भएको अनुभव सुनाइन्।

बर्दिवास नगरपालिका प्रमुख विदुरकुमार कार्कीले पहिलो वर्ष अनुभवको वर्षका रूपमा बिते पनि आफूले नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन प्रयास गरेको बताए। सङ्घीय प्रणालीमा स्थानीय सुशासनका विज्ञ गुरू सुवेदीले स्थानीय तहमा दूरदृष्टिसहितको योजनाको अभाव, अपारदर्शिता, प्रक्रियाबारे अनभिज्ञ, स्थानीय राजपत्र प्रकाशनमा ढिलाइ, बजेट बाँडफाँडमा असमान प्रवृत्ति, तोकादेशमा त्रूटि, कर्मचारी अभाव, कानुनी ज्ञान, सूचना, जनता मैत्रीको अभावजस्ता समस्या विद्यमान रहेको चर्चा गरे।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैतको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपककुमार झा र पत्रकार अजयकुमार मिश्र र शैलेन्द्र महतोले स्थानीय तहमा प्रादेशिक कानुनको अभाव, सूचना लुकाउने प्रवृत्ति, प्रक्रियातर्फ नजाने मनोविज्ञान हाबी रहेको बताए।







विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । आज आईतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रुप..

नक्कली भ्याटबिल बनाएर १०० कम्पनीले साढे सात अर्ब कर कर छले 
नक्कली भ्याटबिल बनाएर १०० कम्पनीले साढे सात अर्ब कर कर छले 

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ती कम..

सुनको भाउ अहिलेसम्मकै महंगो, किन्नेभन्दा बेच्ने धेरै !
सुनको भाउ अहिलेसम्मकै महंगो, किन्नेभन्दा बेच्ने धेरै !

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६५ हजार पुगेपछि सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् ।  मूल्य बढेको मौकालाई अवसरका रुपमा..

सुनको मुल्य बढेर तोलाको ६५ हजार पुग्यो
सुनको मुल्य बढेर तोलाको ६५ हजार पुग्यो

काठमाडौं । सुनको मुल्य बढेर तोलाको ६५ हजार पुगेको छ ।  बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य..