विप्लवले भने : लगानी सम्मेलन देशभित्र द्वन्द्व लादेर विदेशी पैसामा दलाली गर्ने नाटक मात्रै !


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
विप्लवले भने : लगानी सम्मेलन देशभित्र द्वन्द्व लादेर विदेशी पैसामा दलाली गर्ने नाटक मात्रै !

काठमाडाैं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' ले आसन्न  लगानी सम्मेलनलाई 'जनता लुट्ने नाटक'को संज्ञा दिएका छन् । 

पार्टीका नेताहरूको गिरफ्तारी र दमनका विरूद्ध भन्दै विप्लवले एक विज्ञप्ति जारी गरेका छन्, जसमा चैत १५ र १६ गते सरकारले आयोजना  गर्न लागेको अन्तरराष्ट्रिय लगानी सम्मलेनबारे प्रतिक्रिया जनाएका छन् । 

'' केपी ओलीको फासिवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ, यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लुट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछाैं,'' विप्लवले विज्ञप्तिमा लेखेका छन् ।

लगानी सम्मेलनकै दोस्रो दिन चैत १६ गते बन्द घोषणा गरेका विप्लवले यसप्रति अन्तरराष्ट्रिय समूदाय भ्रमित र तरंगित हुनुनपर्ने उल्लेख गरेका छन् । लगानी सम्मेलनका लागि नेपाल आउने विदेशीहरूमा पार्टीप्रति गलत छवी नबनोस् भन्ने विप्लवको विज्ञप्तिको आशय देखिन्छ । 

  







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..