विप्लवका जिल्ला इञ्चार्ज नवलपरासीबाट पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
विप्लवका जिल्ला इञ्चार्ज नवलपरासीबाट पक्राउ

नवलपरासी । विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्ज गंगा ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।   

नवलपरासी पश्चिम बर्दघाट–४, बाढी पीडित बस्तीमा उनको घरबाटै सोमबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ ।

यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट विप्लवका नवलपरासी जिल्ला सदस्यलाई पनि पक्राउ गरेको छ ।

विप्लवका जिल्ला सदस्य कावासोती नगरपालिका १५, शेरगंज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरेको  नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

मर्दनियालाई प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..