श्रीमतीको इच्छा विपरित यौन सम्पर्क गर्ने श्रीमानलाई ३ वर्ष कैद


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
श्रीमतीको इच्छा विपरित यौन सम्पर्क गर्ने श्रीमानलाई ३ वर्ष कैद

उदयपुर । जिल्ला अदालत उदयपुरले ४५ वर्षीय एक पुरुषलाई श्रीमतीको इच्छा विपरित पटक–पटक करणी गरेको कसुर ठहर गर्दै ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले आइतबार यो फैसला गरेको हो । 

अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ । मुलुकी ऐन जबरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए बमोजिम ३ वर्ष कैद सुनाइएको हो । तर, ऐनमा यस्तो प्रकृतिको मुद्दामा ५ वर्षसम्म कैद गर्ने व्यवस्था छ ।

शारिरिक अवस्था कमजोर हुँदासमेत ०७५ साउन २१ गते कसुरदारले इच्छा विपरित पटक–पटक करणी गरेको र ७ वर्षीया छोरीलाई समेत साउन २१ गते यौन दुर्व्यवहार गरेको भन्दै अभियुक्तकी श्रीमतीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

पीडितले दिएको निवेदनको आधारमा भोलिपल्ट भदौ ५ गते पक्राउ परेका कसुरदारलाई अदालतले भदौ ३१ गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । निवेदनसँगै कानुनी प्रक्रियाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुवैको भदौ ५ गते जिल्ला अस्पतलामा स्वास्थ्य जाँच गराएको थियो ।







युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..

आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ
आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न २ जना पक्राउ परेको छ ।  नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्व..