भलिवल खेल्ने क्रममा भएको विवादले उग्र रुप लिएपछि


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
भलिवल खेल्ने क्रममा भएको विवादले उग्र रुप लिएपछि

बझाङ । बझाङमा भलिवल खेल्ने क्रममा स्थानीय युवाबीच विवाद हुँदा सुर्मा गाउँपालिका–५ का १४ वर्षीय आनन्द विकको मृत्यु भएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका बोहराको उपचारका लागि बाँकेको कोहलपुर लैजाने क्रममा सोमबार मृत्यु भएको थियो ।प्रहरीले आनन्दमाथि कुटपिट गर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्मा–५ कै १८ वर्षीय रनु बोहरा र जीवन बोहरालाई पक्राउ गरेको हो ।

कुटपिट गरि फरार भएका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय बझाङ, प्रहरी चौकी दौलीचार र सशस्त्र प्रहरी बलको संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा सुर्मा गाउँपालिका–५ मा फेला पारेको हो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..