ट्र्याक्टर भीरबाट खस्यो, चालक ठहरै


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
ट्र्याक्टर भीरबाट खस्यो, चालक ठहरै

धनकुटा । धनकुटामा ट्र्याक्टर भीरबाट पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुन्थलामा सोमबार राति भएको सो दुर्घटनामा चालकको मृत्यु भएको हो । सहचालक गम्भीर घाइते भएका छन् ।

हिजो राति साढे ११ बजे कोशी राजमार्गअन्तर्गत धनकुटाबाट तेह्रथुमतर्फ रड बोकेर जाँदै गरेको को२त३१६६ नम्बरको ट्र्याक्टरको अगाडिको भाग (ईन्जिन) छुट्टिएर भीरबाट २ सय मिटर तल खसेको थियो ।

सो दुर्घटनामा ट्र्याक्टर चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–५ बस्ने ३० वर्षीय जितन घिमिरेको घटनास्थलमा नै मृत्यु भएको हो भने सहचालक सोही स्थान बस्ने २९ वर्षीय रत्नबहादुर गुरुङ गम्भीर घाइते भएका हुन् ।

घाइते गुरुङलाई उपचारको लागि धरान स्थित वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रही कार्यालय धनकुटाले जनाएको छ ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..