विप्लवका ३ कार्यकर्ता तनहुँबाट पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
विप्लवका ३ कार्यकर्ता तनहुँबाट पक्राउ

दमौली । नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन कार्यकर्ता तनहुँबाट पकाउ परेको छ । कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ब्यास नगरपालिका-१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका-६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन् ।

पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका-५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए ।

पक्राउ परेका हरूलाई मंगलबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराइ अनुसन्धान थालिएको छ । उनीहरूको साथबाट चन्दा रसिद बरामद गरिएको प्रहरीले जनाएको छ ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..