प्रचण्ड अमेरिका हुँदा बुहारी बिना मगरमाथि आयो यस्तो विपत्ति, कसरी गर्लान उजुरीको सामना?


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
प्रचण्ड अमेरिका हुँदा बुहारी बिना मगरमाथि आयो यस्तो विपत्ति, कसरी गर्लान उजुरीको सामना?

काठमाडाैँ ।  पछिल्लो समय  मेलम्ची खानेपानी आयोजनाको विषयलाई लिएर सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरुले विभिन्न टिका टिप्पणी गरिरहेको बेलामा विवेकशील नेपाली दल खानेपानी मन्त्रालयविरुद्ध नयाँ तरिकाले  प्रस्तुत भएको छ।  उक्त दलले मेलम्ची खानेपानी आयोजनामा चरम भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  मन्त्रालयविरुद्ध   उजुरीगरेको छ ।  उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको स्रोतले बताएको ।

आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले खानेपानी मन्त्रालयविरुद्ध उजुरी दर्ता भएको पुष्टि गरे। मंगलबार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएकी हन्।  खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको विवेकशीलको ठहर छ ।

मेलम्चीका विषयमा विभिन्न मिडियामा भ्रष्टाचार, कमिशनका तथ्य सार्वजनिक हुँदा पनि छानबिन भएको छैन । प्रधानमन्त्री कार्यालयले पनि उक्त आयोजनाको ठेकेदार कम्पनीसँग ठेक्का रद्द गर्नुको कारणबारे मन्त्रालयसँग कुनै आधिकारीक स्पष्टि नलिएको स्रोतको दाबी छ ।

खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयको जिम्मा बिना मगरले लिएकी छन् । मेलम्ची प्रकरणमा विवादहरू आउन थालेपछि केही समयअघि उनले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन् । यसै विषयमा संसदको अर्थ समिति र संसदमा पनि उनीमाथि प्रश्न उठाइएको थियो ।मेलम्ची खानेपानी आयोजनालई सरकारले प्रथामिकतामा राखेपनि त्यस अनुसार काम हुन नसकेको जानकारहरु बताउँछन्। सत्तारुढ दल नेकपा अध्यक्ष प्रचण्ड अमेरिकामा रहेको बेला बुहारी मगरविरुद्ध उजुरी  परेको हो।
 







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..