मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन

पर्सा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको आज स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन्। सो अवसरमा उनले उपयोगविहीन अस्थामा रहेका कारखानाका उपकरणहरु जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिए। 

मन्त्री यादवले पर्सा जिल्ला अदालत र उच्च अदालतको अस्थायी इजलासका लागि भवनलगायतका पूर्वाधार एकै स्थानमा निर्माण गर्दा न्यायसम्पादन प्रभावकारी हुने भएकाले त्यसकै लागि आफूसहित सर्वोच्च अदालतका न्यायाधीशकोे टोली जग्गा हेर्न आएको बताए । अहिले कारखाना परिसरमा उच्च अदालत जनकपुरकोे अस्थायी इजलास सञ्चालनमा रहेका छन् । 

चिनी कारखानाको स्वामित्व रहेका जग्गामध्ये कित्ता नं ११३१ मा रहेको दश बिघा जग्गा अदालतको पूर्वाधार निर्माणका लागि उपयुक्त हुने नहुनेबारे काठमाडौँ फर्केपछि यस विषयमा थप छलफल गर्ने उनले जानकारी दिए।  टोलीमा मन्त्री यादवसहित सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, उच्च अदालत अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायत रहेका छन् ।  







यी हुन् सत्तारुढ (ने.क.पा.) मा उकुस–मुकुसका ५ कारण
यी हुन् सत्तारुढ (ने.क.पा.) मा उकुस–मुकुसका ५ कारण

काठमाडौं । शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्–चरम बन्दै गएको छ । एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्रीसमेत रहेका अ..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

मेयरमाथि आफ्नै पार्टीका नेताले हातपात गर्न खोजेपछि...
मेयरमाथि आफ्नै पार्टीका नेताले हातपात गर्न खोजेपछि...

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपात गर्न खोजेको आरोपमा समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसिया पक्राउ परेका छन् । बुधबार बिहान सी..

नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..