दादुराबाट १४ को मृत्यु, हजाराैँ प्रभावित


एजेन्सी प्रकाशित: २०७५-१२-१२ गते
दादुराबाट १४ को मृत्यु, हजाराैँ प्रभावित

किभ - युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । 

सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित भएको सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत वर्ष युक्रेनभर ३५ हजार १२० व्यक्ति दादुरा रोगबाट प्रभावित भएका थिए । 

सन् २०१७ मा भने ४ हजार ७८२ व्यक्ति मात्र यो रोगबाट प्रभावित भएका थिए । विश्वमा नै दादुराबाट प्रभावित व्यक्तिको सङ्ख्या द्रूत रुपमा बढेको बाल विकास कोष ९युनिसेफ० ले जानकारी दिएको छ । 

सन् २०१७ बाट हालसम्म युक्रेनमा दादुराबाट करिब ३५ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस रोगको संक्रमणबाट बच्न सकिने उपायहरुको अवलम्बन यथेष्ट मात्रामा गर्न नसकिएकोले दादुराको संक्रमण फैलिने दर बढ्दै गएको स्वास्थ्य अधिकारीहरुको दाबी छ । 







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..