पश्चिमी टर्कीमा डुङ्गा पल्टिदा चार आप्रवासीको मृत्यु


एजेन्सी प्रकाशित: २०७५-१२-१२ गते
पश्चिमी टर्कीमा डुङ्गा पल्टिदा चार आप्रवासीको मृत्यु

इस्तानबुल । टर्कीको एजियन तटीय क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा परी एक बालकसहित चार जना आप्रवासीको मृत्यु भएको छ । 

टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेका आइभासिक जिल्लानजिकै गैरकानूनी रुपमा सवार रहेका १५ व्यक्तिको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

तटीय सुरक्षाकर्मीहरुले ११ व्यक्तिलाई उद्धार गरेका पनि सो विज्ञप्तिमा जनाइएको छ । वेपत्ता व्यक्ति नरहेकाले उद्वारकार्य पनि बन्द गरिएको बताइएको छ । 

राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार मारिएका ती व्यक्तिहरु इरानी र अफगानी भएको जानकारी पनि दिइएको छ । 

आप्रवासीहरु गैरकानूनी रुपमा प्रवेश गर्ने प्रमुख मार्ग टर्की भएर युरोपतर्फ लाग्ने गरेका छन् । सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच भएको एक सम्झौताले गैरकानूनी रुपमा बढीहरेका आप्रवासीको सङ्ख्या घटाउन सहयोग गरेको छ । 







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..