हमास र इजरायलबीच युद्धबिराम


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
हमास र इजरायलबीच युद्धबिराम

गाजा सिटी – इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबाट कुनै प्रतिक्रिया दिइएको छैन । 

युद्धबिराम हुनुअघि हमासका तर्फबाट तेल अभिभ नजिक लामो दूरीको क्षेप्यास्त्र प्रहार गरिएपछि इजरायलले प्रतिक्रिया स्वरुप गाजामा हवाई आक्रमण गरेको थियो । गाजा क्षेत्रको प्रशासन सम्हालीरहेको इस्लामिक क्रान्तिकारी संगठन हमासले इजिप्टको मध्यस्थतामा युद्धबिराम भएको दाबी गरेको छ । इजरायलमा आगामी दुई सातापछि अर्थात अप्रिल ९ तारिखमा संसदको निर्वाचन हुँदैछ । 

इजरायली हवाई आक्रमण भएकै समयमा इजयरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङ्टनमा भेट गरेका थिए । प्रधानमन्त्री नेतान्याहूले समेत युद्धबिरामका बारेमा कुनै प्रतिक्रिया दिएनन्। 

हमासका प्रवक्ता फउजी बरहुमले इजरायलसँग युद्धबिराम गर्न इजिप्टको प्रयत्न सफल भएको बताए । तर यो सम्झौता पछि पनि दुबै पक्षबाट गोलाबारी भएका थिए । मध्यरातबाट भने दुबै पक्षबाट गोलाबारी रोकिएका थिए । 

सोमबार राति गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरिएका थिए । यो आक्रमणबाट तेल अभिभमा सात जना घाइते भएका थिए । इजरायली सेनाले रकेट आक्रमणको प्रतिक्रिया स्वरुप हवाई हमला गरेको थियो । उक्त आक्रमणबाट हमासका एक नेताको कार्यालय सहित अन्य भवनहरुमा क्षति पुगेको थियो। 







इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु
इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका..

जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..