मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा


एजेन्सी प्रकाशित: २०७५-१२-१२ गते
मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

वासिङ्टन – अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका  थिए । 

राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन भने आपतकालीन घोषणाप्रति पनि अमेरिकी कङ्ग्रेसमा सहमति जुट्न सकेको छैन । विपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिले संवैधानिक प्रावधानलाई दुरुपयोग गरी विशेषाधिकार भिटो प्रयोग गरेको भन्दै अदालतमा उजूरी समेत दिएको छ । 

अमेरिकी गृह विभागले रक्षा मन्त्रालयलाई मेक्सिको सीमामा ९२ किलोमिटर पर्खाल निर्माण गर्न अनुरोध गरिसकेको छ । प्रस्तावअनुसार पर्खाल निर्माणसँगै सडकको स्तरोन्नति गर्ने तथा तारबार र प्रकाशको उचित व्यवस्था गरिने छ । 

ह्वाइट हाउसले सन् २०२० को बजेट प्रस्तावमा पर्खाल निर्माणका लागि महत्वाकाँक्षी करिब ९ अर्ब डलर माग गर्ने तयारी गरेको छ । यसै वर्ष राष्ट्रपति ट्रम्पले करिब ६ अर्ब डलर माग गर्नुभएको थियो । तर अमेरिकी संसदले राष्ट्रपतिको उक्त प्रस्ताव अस्वीकार गरिरहेको छ । 







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..