तिब्बती शरणार्थी शिविर जोखिममा


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
तिब्बती शरणार्थी शिविर जोखिममा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको कालीगण्डकी किनार तर्फबाट सुक्खा पहिरो खस्न थालेपछि ६५ घरधुरी तिब्बती शरणार्थीको बसोवास रहेको शिविर जोखिममा परेको हो । सुक्खा पहिरोले सोमबार शरणार्थी शिविरको स्वास्थ्यकेन्द्र भवन र तीन सार्वजनिक शौचालय भत्काएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

आठ घर उच्च जोखिममा परेका छन् । प्रजिअ गङ्गाबहादुर क्षेत्रीको नेतृत्वमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको साथै जनप्रतिनिधि र स्थानीयवासीले उच्च जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँमा स्थानान्तरण गरेका छन् । 

स्थानीयवासीका अनुसार कालीगण्डकी किनारमा ग्याबियन पर्खाल निर्माणका लागि केही दिन एक्साभेटर ९डोजर० प्रयोग गरिएको थियो । एक्साभेटरको कम्पन, किनारमा खनिएको खाडल, कमजोर भू–बनोट र हिउँ पग्लिएपछि जमीन गलेर पहिरो गएको स्थानीयवासीको भनाइ छ । 

पहिरोले मार्फा गाउँ हँुदै छैरो र चिमाङ गाउँजाने पैदलमार्ग बगाएपछि आवतजावतमा कठिनाइ भएको छ । पहिरो नियन्त्रणका लागि कालीगण्डकी किनारमा ग्याबियन पर्खाल निर्माण शुरु गरिएको र जोखिममा परेकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रजिअ क्षेत्रीले बताए । कालीगण्डकी नदीले छैरो क्षेत्रमा खेतीयोग्य जमीन कटान गरेको छ । गत बर्खामा कालीगण्डकीले खेतीयोग्य जमीन कटान गरेको थियो । गत महीना मार्फा क्षेत्रमा जमीन भासिएको थियो । 







विप्लवको बन्द : २८ स्थानमा शंकास्पद वस्तु भेटियो, काठमाडौंमा न्यून प्रभाव, जिल्ला ठप्प
विप्लवको बन्द : २८ स्थानमा शंकास्पद वस्तु भेटियो, काठमाडौंमा न्यून प्रभाव, जिल्ला ठप्प

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको बन्दको प्रभाव काठमाडौंमा खासै परेको छैन । तर विभिन्न जिल्लाहरुमा शैक्षिक संस्था, कलकारखाना, यातायात र शैक्षिक संस..

मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..