विद्यार्थीबाट शिक्षिकाको गर्भ बसेपछि १० वर्ष कैद


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
 विद्यार्थीबाट शिक्षिकाको गर्भ बसेपछि १० वर्ष कैद

वासिङ्टन । अमेरिकामा एक शिक्षिकामाथि १३ वर्षीय   विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा करिब एक वर्ष मुद्दा चलेपछि अन्तिम फैसला आएको छ। शिक्षिका अलेक्जेन्ड्रा बेरालाई अदालतले अन्तिम फैसला गर्दै १० वर्षको कैद सजाय सुनाएको छ ।

ह्युस्टनस्थित एक माध्यमिक स्कुलमा अंग्रेजी पढाउने ती शिक्षिका २४ वर्षको उमेरमा स्कुले बालकबाट गर्भवती नै बनेको समाचार अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । मिडियाले जनाए अनुसार ती शिक्षिकाले आफ्नो ‘भाइ’ भन्दै ती बालकलाई घरमै पढ्न बोलाउँथिन् । सोही क्रममा उनीहरुबीच प्रेम सम्बन्ध फैलिएपछि अलेक्जेन्ड्राले गर्भाधारण नै गरेकी थिइन् ।

ती शिक्षिकालाई अभियोग लागेपछि मुद्दा अदालतमा थियो । हालै उनको विषयमा अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । उक्त घटना सार्वजनिक भएपछि नै उनलाई प्रहरीले पक्राउ गरेको थियो । अभियुक्त शिक्षिकाले भने उनीहरु पाँच महिनासम्म सम्बन्धमा रहेको वयान दिएकी थिइन् । अमेरिकामा ‘टिनेजर’को साथ यौन सम्बन्ध बनाउनु गम्भीर अपराध मानिन्छ । यदी त्यसो गरेमा १० देखि १५ वर्षको जेलसजायको व्यवस्था छ ।







इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु
इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका..

जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..