विप्लवका कार्यकर्ताविरुद्ध प्रहरी आक्रामक भएपछि गोली हानाहान, सादा पोसाकमा सेना खटाइयाे


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
विप्लवका कार्यकर्ताविरुद्ध प्रहरी आक्रामक भएपछि गोली हानाहान, सादा पोसाकमा सेना खटाइयाे

अछाम । अछाममा विप्लव कार्यकर्ता र प्रहरीबीच  दिउँसो गोली हानाहान भएको छ।रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनको झाँता दोहोरो गाेली हानाहान भएको प्रहरीले जनाएको छ। स्थानीय वासीका अनुसार सुरुमा प्रहरीले गोली चलाएको र प्रतिकारमा विप्लवका कार्यकर्ताले जवाफी गोली चलाएको हो।  

बाटुलासैनमा विप्लव समूहका कार्यकर्ता लुकेर बसेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले त्यहाँँबाट चारै जना पक्राउ गरेको छ।विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी रहेका छन्।

प्रहरिको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका ईन्चार्ज शेर बहादुर बिक ‘दर्शन’ को खुट्टामा चोट लागेको नेकपा श्रोतले बताएको छ। दिउँसो करिब १ बजेतिर विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै प्रहरी झाता पुगेको थियो। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हतियारसहित रामारोशनमा बसिरहेको विशेष सूचनका आधारमा त्यहाँ पुगेको प्रहरीले स्रोतले जनाएको छ।

विप्लव नेतृत्वको सेना अछाम प्रवेश गरेको आशंकामा सोमबार अछामको गैरीटाडमा सेनाको बाक्लो उपस्थिति देखिन्थ्यो। जिल्लाको विनायक, कमलबजारलगायतका क्षेत्रमा सादा पोसाकमा सेना खटिएको जानकारी प्राप्त भएको छ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..