सप्तरीमा परीक्षा अगावै एसइईको प्रश्नपत्र 'आउट'


नेपालपाना प्रकाशित: २०७५-१२-१४ गते
सप्तरीमा परीक्षा अगावै एसइईको प्रश्नपत्र 'आउट'

राजविराज । सप्तरीमा  एसइई परीक्षा सञ्चालन हुनुअगावै प्रश्नपत्र बाहिरिएको छ । आज  बिहिबार बिहान ८ बजेदेखि शुरू भएको विज्ञान विषयको परीक्षा प्रश्नपत्र ७ बजेतिर नै बाहिरिएको हो । 

निकै अमर्यादित ढंगले परीक्षा सञ्चालन भइरहेको सप्तरीमा पठाइएको प्रश्नपत्र इन्टरनेट सञ्जाल फेसबुकमै छ्याप्छ्याप्ती पारिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी एवं परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पाैडेलले परीक्षा शुरू हुनु अगावै प्रश्नपत्र बाहिरिएको घटना स्वीकार गरेका छन् । 

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको घटना गम्भीर भएको जनाउँदै अहिले जिल्ला प्रशासनले यसबारे व्यापक अनुसन्धान गरिरहेको छ । बुधबार साँझ नै प्रश्नपत्र बाहिरिएको हल्ला चलेपनि त्यसमा सत्यतता नरहेको जिल्ला प्रशासनले जनाएको थियो । 

केन्द्राध्यक्ष नै चिट चोराउन सक्रिय, ६ जना प्रहरी नियन्त्रणमा 

यसैबीच मावि बनरझुलाका केन्द्राध्यक्ष रामअवतार गुप्ता, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीसमेत परीक्षा अमर्यादित बनाउन लागि परेपछि प्रहरीले उनीहरूलाई समातेको हो ।

सो विद्यालयको परीक्षा केन्द्रबाट प्रहरीले १ दर्जन मोबाइलसहित ८ जना परीक्षार्थीहरूलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीलाई भने बुधबारै रिहा गरिएको छ ।

सप्तरीमा यस बर्ष ३३ वटा केन्द्रबाट ८ हजार ६ सय १८ जना विद्यार्थीले परीक्षा दिँदैछन् ।







सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार
सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि ८६ जनालाई बोलाएको छ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकालाई बुधबार अख्तियारले एक स..

सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 
एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 

काठमाडौँ ।  एसईईको परीक्षाको प्रतीफल भोलिसम्ममा सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।   परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने  ‘एसईईको नतिजा आज सम्..