लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा एसईई परीक्षा रद्द !


नेपालपाना प्रकाशित: २०७५-१२-१५ गते
लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा एसईई परीक्षा रद्द !

काठमाडौं । एकपछि अर्को बिषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश नं. २ मा एसईई परीक्षा रद्द गरिएको छ । 

यो पनि पढ्नहोस : प्रदेश नं. २ मा आज हुने सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो

हिजो बिहिबारका लागि तोकिएको विज्ञान र आजका लागि तोकिएको सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि आकस्मिक रूपमा बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठकले यी दुवै बिषयका परीक्षा रद्द गरेको हो । 

यो पनि पढ्नहोस : सप्तरीमा परीक्षा अगावै एसइईको प्रश्नपत्र 'आउट'

आज पनि सामाजिक विषयको प्रश्नपत्र इन्टरनेट सञ्जालमा छ्याप्छ्याप्ती भेटिएको छ । सामाजिक विषयको सेट ए को प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सञ्चालन हुनुअघि नै सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि खैलाबैला मच्चिएको छ । 

परीक्षा रद्द भएपछि परीक्षार्थीहरू बीच बाटोबाटै घर फर्किएका छन् । स्थगित विषयको परीक्षा चैत २२ गते तोकिएकै केन्द्रमा सञ्चालन गर्ने निर्णय भएको छ ।







अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने
अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने

उदयपुर । गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।  त्रियुगा नगरपालिक..

एसईई परीक्षाको नतिजा प्रकाशन गरिँदै
एसईई परीक्षाको नतिजा प्रकाशन गरिँदै

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन गर्न लागेको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै कार्य..

दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा
दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा

काठमाडाैं । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्..

उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द
उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द

काठमाडौं ।  विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण ११ जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् । ..