एसइईको प्रश्नपत्र लगातार आउट हुन थालेपछि... शिक्षा मन्त्रालयद्वारा आकस्मिक वैठक आह्वान


नेपाल पाना प्रकाशित: २०७५-१२-१५ गते
एसइईको प्रश्नपत्र लगातार आउट हुन थालेपछि... शिक्षा मन्त्रालयद्वारा आकस्मिक वैठक आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालित एसइईको प्रश्नपत्र लगातार आउट हुन थालेपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो १२ बजेका लागि केन्द्रीय सुरक्षा समितिको आकस्मिक वैठक बोलाइएको हो । शिक्षा मन्त्रालयका सचिव संयोजक रहने समितिमा  केन्द्रीय सुरक्षा समितिमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरु सदस्य रहन्छन् ।

एसइई परीक्षाअन्तर्गत प्रदेश नम्बर २ मा लगातार २ ओटा प्रश्नपत्र आउट भएका छन् । बिहीबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट भएको छ । विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि बिहीवार प्रदेश २ मा एसइई परीक्षा रद्द गरिएको थियो । शुक्रबार पनि सामाजिक शिक्षा विषयको परीक्षा रद्द गरिएको छ ।

शुक्रबार सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएपछि आफूहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा समेत उत्रिएका छन् ।

शिक्षा मन्त्रालयले आह्वान गरेको वैठकले प्रश्नपत्रको सुरक्षालगायत विषयमा छलफल हुने जनाइएको छ । साथै आगामी दिनमा प्रश्नपत्रको सुरक्षा, परीक्षा सञ्चालन लगायत केही महत्वपूर्ण निर्णय हुनसक्ने शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।







अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने
अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने

उदयपुर । गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।  त्रियुगा नगरपालिक..

एसईई परीक्षाको नतिजा प्रकाशन गरिँदै
एसईई परीक्षाको नतिजा प्रकाशन गरिँदै

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन गर्न लागेको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै कार्य..

दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा
दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा

काठमाडाैं । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्..

उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द
उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द

काठमाडौं ।  विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण ११ जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् । ..