२०८३, श्रावण १६ गते

शनिवार, श्रावण १६ गते २०८३

मोदी–लामिछाने भेट: नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता

मोदी–लामिछाने भेट: नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता

बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • नयाॅ दिल्ली । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाॅदिल्लीमा भेटवार्ता सम्पन्न भएको छ ।

    भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई स्वागत गरेको बताएका छन् ।

    मोदीले आफ्नो ‘Neighbourhood First’ नीतिअन्तर्गत नेपाललाई प्राथमिकता प्राप्त साझेदारका रूपमा वर्णन गर्दै नेपालसँगको विशेष, घनिष्ठ र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको बताएका छन् ।

    यस भेटलाई नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित खबर
    ताजा अपडेट