२०८३, मंसिर ५ गते

शुक्रवार, मंसिर ५ गते २०८३

इसाईलाई उछिन्दै इस्लाम विश्वकै ठूलो धर्म बन्ने अनुमान, बदलिँदैछ विश्वको धार्मिक नक्सा!

इसाईलाई उछिन्दै इस्लाम विश्वकै ठूलो धर्म बन्ने अनुमान, बदलिँदैछ विश्वको धार्मिक नक्सा!

बिहिवार, मंसिर ४ २०८३
बिहिवार, मंसिर ४ २०८३
  • काठमाडौं । विश्वको धार्मिक जनसंख्यामा आगामी वर्षहरूमा ठूलो परिवर्तन आउने अनुमान गरिएको छ ।

    अमेरिकास्थित प्यू रिसर्च सेन्टरको अध्ययनअनुसार सन् २०३५ सम्ममा इस्लाम धर्मावलम्बीको संख्या इसाई धर्मावलम्बीको नजिक पुग्ने अनुमान गरिएको छ ।

    अध्ययनअनुसार सन् २०३५ सम्म विश्वभर मुस्लिम धर्मावलम्बीको संख्या करिब २ अर्ब ५७ करोड पुग्नेछ भने इसाई धर्मावलम्बीको संख्या २ अर्ब ५२ करोड हुने प्रक्षेपण गरिएको छ ।

    त्यस्तै, सन् २०७० सम्ममा मुस्लिम जनसंख्या सन् २०२० को तुलनामा करिब ७० प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुग्न सक्ने अनुमान छ ।

    Screenshot_20261119_201115_Facebook.jpg

    तर, यही अवधिमा बौद्ध धर्मावलम्बीको संख्यामा भने करिब २३ प्रतिशतले गिरावट आउन सक्ने अध्ययनले देखाएको छ ।

    जन्मदर, उमेर संरचना र जनसांख्यिक परिवर्तनसँगै विश्वको धार्मिक जनसंख्याको स्वरूप पनि बदलिँदै गएको छ। आगामी दशकहरूले विश्वको धार्मिक नक्सामा कस्तो परिवर्तन ल्याउलान् भन्ने चासो बढेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित खबर
    ताजा अपडेट